नेप्से ५३ अङ्कभन्दा धेरैले घट्यो
काठमाडाैं | असार १७, २०८०
सांकेतिक तस्वीर
काठमाडौं: शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ७० अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको नेप्से आज पनि उच्च अङ्कले घटेको हो ।
नेप्से २ हजार ९७ दशमलव २९ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ८६ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर कारोबार भएका छन् । जसमा पाँच अर्ब आठ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज दुई सय सात वटा कम्पनीको शेयर घट्दा सृजनशील लघुवित्त र माउन्टेन इनर्जीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बीपी डब्लू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

